२०८० असोज, १७
||NEWS LUMBINI |

हनीप्रीतको शयनकक्षको रहस्य पर्दाफास, यस्ता सामान भेटिए

काठमाडौं, ८ मंसिर — दुई साध्वीलाई बलात्कार गरेको अभियोगमा कारावास सजाय काटिरहेका बाबा राम रहीमकी प्रियपात्र हनीप्रीतको शयनकक्षका विषयमा बुधवार नयाँ खुलासा भएको छ ।

बाबाको गुफासँग जोडिएको हनीप्रीतको कोठा पूरै बुलेटप्रूफ छ । दुवै कोठा उच्च प्रविधि र सुविधायुक्त छन् ।

शयनकक्षमा ६ वटा झ्याल छन् र तिनमा बुलेटप्रूफ शीशा लगाइएका छन् । कोठामा सानाठूला धेरै दराजहरू छन् ।

ती दराजका –याकमा जाडो र गर्मीका कपडाहरूका साथै गरगहन, महंगा घडी पनि भेटिएका थिए । ओछ्याननजिक काठको दराजमा औषधिहरू राखिएको पाइयो ।

 

शयनकक्षसँगै लुगा फेर्ने कोठा पनि छ र त्यसको सजावटका लागि गमला र फूलदानीहरू राखिएका छन् । कोठामा लिफ्ट समेत छ । छतमा पुग्ने फलामको घुमाउरो भ–याङसमेत कोठामा छ ।

राम रहीमको गुफाको पहिलो तल्लामा बगैंचा छ भने दोस्रो तल्ला एउटा सुरुङसँग जोडिएको छ । प्रहरीले खोजीका क्रममा यी सुरुङहरू बन्द गरिदिएको थियो ।

शयनकक्षमा महिलाको लत्ताकपडा, नक्कली गरगहना र अनेक किसिमका सौन्दर्य प्रसाधन पनि भेटिए । यो सबै सामान हनीप्रीतकै हुनुपर्छ ।

एउटा कोठाबाट मसाज गर्ने तेलसमेत बरामद भएको थियो । हनीप्रीतले राम रहीमको मसाज गर्ने गरेकी थिइन् त्यसैले राम रहीमले सुनारिया जेलका अधिकारीलाई आफूसित हनीप्रीत राख्न पाऊँ भनी अनुमति मागेका थिए ।

सन् २००२ मा एक साध्वीले डेरा सच्चा सौदाभित्र युवतीहरूलाई यौन दुर्व्यवहार हुने गरेको भनी चिट्ठी लेखेर पठाएकी थिइन् । प्रहरीलाई पठाएको चिट्ठी पञ्जाब र हरियाणा कोर्टलाई पनि पठाइएको थियो । त्यसपछि डेरा सच्चा सौदा

प्रमुख राम रहीमविरुद्ध यौन शोषणको मुद्दा दर्ता गरेर सीबीआईले अनुसन्धान शुरु गरेको थियो ।

Facebook Comments Box

फेसबुक