२०८० फाल्गुन, १२
||NEWS LUMBINI |

हाँसो अर्थात् मुस्कानसँग जोडिएको छ यस्तो रोचक तथ्य:

सो, मुस्कान आफैमा एक सुन्दर शब्द छ । जब हामि सानो थियौँ तब पुरा दिन हाँस्दै-खेल्दै बित्थ्यो । तर जब हामि ठुलो हुदै गयौँ तब जिम्मेवारीहरु थपिदै गयो ।

हामीले पढाई गर्नुपर्यो, राम्रो जागिर पाउनुथियो, पैसा कमाएर आफ्नो जिन्दगीलाई सुखी बनाउने चक्करमा आज हामी गम्भिर भएर आज आफ्नो मुहारमा खुसी हराईरहेको छ । यो चक्करमा खुसीको अभाव कहि न कहि पक्कै रहेको छ । आजकल प्राय मानिसहरुको हाँसो त केवल फेसबुकको वाल र अनलाईन च्याटिंगहरुमा मात्र सिमित रहने गर्छन् । तर वास्तविक हाँसो खोई कहा हराईराछ ।

आज हामी तपाईहरुसामु हाँसो/मुस्कान को बारे केहि यस्ता रोचक तथ्यहरु राख्दैछौ जुन पढेपछि तपाईले हाँसोको महत्व बुझ्नुहुनेछ र तपाई पक्कैपनि भित्रि मनबाट हास्ने प्रयत्न गर्नुहुनेछ ।

 

– काउकुति लाग्दा मानिस मात्रै हैन मुसा पनि हास्ने गर्छ ।

– हामी हाँस्दा १७ मांसपेशिहरु संचालित हुने गर्दछ भने रिसाउँदा ४३ मांसपेशिहरुको सक्रिय हुने गर्छ ।

– आजको दिन कहि न कहि, कसैको जिवनको सबैभन्दा राम्रो दिन पनि हो ।

– खुसीको कुनै मापन हुदैन । खुसीको स्तर मापन गर्न मुश्किल छ ।

– एक्लो बस्ने मानिसको हँसाई ३०% सम्म कम हुनेगर्छ ।

– तपाईको दिमागले बनावटी अर्थात् नक्कली हाँसो थाहा पाउँछ ।

– चुटकिला तथा अन्य कुनै मजाकदार कुरा वा कुनै हास्य फिल्म अझ बढी मजेदार हुन्छ जब तपाईले अग्रिमनै उक्त हास्य कलाकार वा पात्रलाई जान्नुहुन्छ ।

– तपाई मान्नुस वा नमान्नुस तर हास्नु एक प्रकारको विज्ञान हो । हाँसो र हाँसोले हाम्रो शरीरमा हुने प्रभावको विषयलाई विज्ञानमा ‘जिलोटोलोजि’ भनिन्छ ।

– मुस्कान मेइकप भन्दा धेरै आकर्षक हुन्छ ।

– हाँस्ने १९ अलग-अलग प्रकार हुन्छ ।

– हाँसोले तपाईको रगतको बहावलाई २२% सम्म बढी बढुवा दिन्छ भने टेन्सन वा तनावले भने ३५ % सम्म कम गर्दछ ।

– पुरुष दर्शकको आधारमा महिलाहरु १२७% ज्यादा हास्ने गर्छन् ।

– मानिसले ३०० फिटको दुरीबाट पनि मुस्कानको पहिचान गर्न सक्छ ।

– तपाई हाँस्नुमा तपाईको आसपासको मान्छेहरु र जोक्समा निर्भर हुन्छ ।

– आफ्नो दुखलाई हाँसोको पछाडी छुपाउँने मानिसहरुलाई ‘असिडेंटिसेस्ट’ भनिन्छ ।

– यो सधैँ याद गर्नुस् कि तपाईलाई सच्चा खुसी दिने एकमात्र मान्छे तपाई खुद नै हो । त्यसैले खुसीका लागि तपाई दोस्रो मान्छेमा भरपर्न छोडीदिनुस् ।

– यदि तपाई कोहि कसैसँग इर्श्या वा आरिस ani घिर्णा गर्नुहुन्छ भने अथवा कसैको लागि तपाई आफु नराम्रो भएको महशुस गर्नुहुन्छ भने त्यस्तो बानि आजैबाट छोडदिनुस् । किनकि, यसले सिर्फ तपाईलाई मात्र असर पार्छ, त्यो मान्छेलाई हैन ।

एजेन्सी

Facebook Comments Box

फेसबुक