२०७७ कार्तिक, १४

हृदय घातबाट कुवेतमा एक नेपालीको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बैदेशिक रोजगारीको शिलशिलामा कुवैत आएका तनहु जिल्ला फिरफिरे गाउपालिका-३ घडेरीगाउ घर भएका अन्दाजी ४३ वर्षका खुम बहादुर गुरुङको उपचारका क्रममा कुवैत स्थित फर्वानिया अस्पतालमा मृत्यु भएको छ ।

गत जुन २० गते बुधवारको दिन आफुलाई असहज भएको र उक्त समयमा उपचारको लागि फर्वानिया अस्पतालमा मृतकका भाइले लिएर गएका थिए। बिहिवार बिहान २ बजे हृदयघातका कारण गुरुङको मृत्यु भएको मृतकका भाइ कुमान सिङ्ग गुरुङले तितोपाती डट कम लाइ जानकारी दिएका छन।

खुम बहादुरको घरमा श्रीमति र दुइ छोरि रहेका छन ।

१७ वर्ष पहिला कुवैत छिरेका खुम बहादुर इस्टा मसाज सेन्टर, सैलोन रिगाईमा कार्यरत मृतक खुम बहादुर सदाको लागि अस्ताएका छन।

खुम बहादुर १६ महिना पहिला मात्र छुट्टि गएर आएका थिए।मृतकको सबलाई कुवेत सिटि स्थित फर्वानिया अस्पतालमा राखिएको, लुम्बिनी सेवा समाजका अध्यक्ष रुपेन्द्र बिक्रम हमालले बताए|

साभार- तितोपाती डटकम बाट

Facebook Comments

फेसबुक