इटहरी । सुनसरीको इटहरीमा मात्र नभएर सिंगो सुनसरी जिल्लामा अबसर पाए केही गर्न सक्छन भन्ने भरोसा जनताले यदि कसैलाई गरेका छन भने त्यो ब्यत्ति हेमकर्ण पौडेल नै हुन । गरिबको झुपडि देखि बस्तीहरुमा समेत हरेक सुखदुखमा सारथी बनेका हेमकर्ण लाई नरुचाउने सायद नै होलान । स्थानीय निर्बाचनमा इटहरी नगरपालिकाको मेयरमा काँग्रेसको तर्फबाट टिकट पाउँछन भन्ने धेरेले सोचेका थिए तर त्यस्तो भएन,त्यस समयमा उनको पक्षमा जनलहर उत्रियो तरपनि उनले संयमता अपनाए ।
त्यो घटनाले पनि देखायो की हेमकर्ण कति सालिन र संयम छन भनेर, यतिबेला उनले प्रदेशसभामा टिकट पाएपछि उनको पक्षमा जनलहर बढेको छ । इटहरीमा मात्र होईन पुर्व क्षेत्रमा नै उनको लोकप्रियताको चर्चा हुने गरेको छ । सामाजिक सञ्जालमा हेर्दा समेत उनको लोकप्रियता प्रष्ट झल्किन्छ । बि.स २०३५ सालमा झापाको कोरोबारीमा जन्मिएका पौडेल २०४६ सालदेखि सुनसरीको इटहरीमा बसोबास गर्छन ।
२०५५ सालमा जनता बहुमुखी क्याम्पस इटहरीको स्वबियु सभापति,तरुण दल सुनसरीको सचिब,नेपाल बिद्यार्थी संघ सुनसरीको सचिब,पार्टीको क्षेत्रीय सदस्य हुादै २ कार्यकाल इटहरीको नगर सभापति भएका उनी इटहरीमा सर्बाधिक रुचाईएका ब्यत्ति हुन । सबैलाई समेटेर अगाडी बढन सक्ने खुबस् भएका पौडेल यस क्षेत्रमा मुख्य प्रतिष्पर्धी हुन ।
आफुप्रति जनताले देखाएको बिश्वास नै चुनाव जित्ने मुख्य आधार भएको बताउने पौडेलले निर्बाचनमा आफनो जित सुनिश्चित भएको बताए । जनताले आफुलाई बिश्वास गर्नेमा उनी ढुक्क देखिन्छन । सुनसरीको इटहरीलाई प्रदेश नम्बर १ को राजधानी दाबी गरिएको अबस्थामा त्यही क्षेत्रबाट प्रदेशसभाका उम्मेदवारका रुपमा रहेका हेमकर्णले प्रदेशको राजधानी आफनो मात्र नभएर पार्टीकै माग रहेको बताए ।
उनले आफुलार्य जनताले चिनिसकेको र आफनो नाडी छामिसकेका कारण आफनो बिजय सुनिश्चित रहेको समेत बताए सुनसरीको इटहरी हरेक हिसाबले पुर्बको महत्वपुर्ण हबका रुपमा परिचित छ । बिकासका पुर्बाधारदेखि हरेक हिसाबले समृद्ध मानिएको यो क्षेत्रलाई प्रदेशको राजधानी बनाउने प्रशस्त आधारहरु रहेका छन । यो क्षेत्रमा प्रदेशसभाका लागी नेपाली काँग्रेसका तर्फबाट लोकप्रिय मानिएका हेमकर्ण पौडेल र इटहरी नगरपालिकाको पहिलो मेयर सर्बध्वज साँवाबिच चुनावी भिडन्त हुँदैछ । यो भिडन्तलाई यस क्षेत्रमा हेभीवेट भिडन्तभन्दा महत्वपुर्ण रुपमा हेरिएको छ ।
सुनसरीको इटहरी नगरपालिकाको १,२,३,४,५,१६,१७,१८,१९,२० र रामधुनीको ३ र ५ नम्बर वडा समेटिएको सुनसरी क्षेत्र नम्बर २ क अन्र्तगत पर्ने यो क्षेत्रमा ६८ हजार ८ सय २० मतदाता रहेका छन । स्थानीय निर्बाचनमा मेयर र उपमेयर एमालेले जितेपनि वडामा काँग्रेस बलियो देखिएको थियो । बामगठबन्धनको मत जोडदा भने ती क्षेत्रमा गठबन्धन बलियो देखिन्छ ।