२०८० असोज, १७
||NEWS LUMBINI |

१६ बर्षकी किशोरीले लगाइन् आफ्नै दाजुमाथि बलात्कारको आरोप, प्रहरीले गर्यो मुद्दा दर्ता

प्रेम सुनार–गुल्मीबाट एउटा दर्दानक घटना बाहिर आएको छ ।  आफ्नै सहोदर दाईले बहिनीलाई बलात्कार गरेको आरोपसहितको घटना सतहमा आएको छ । बुधवार जिल्ला प्रहरी कार्यालय गुल्मीमा आफ्नै दाजुबाट वलात्कृत भएको भन्दै एक किशोरीले मुद्धा दायर गरेकी छन् । 

घटना चैत्र १२ गते दिउँसो ३ वजेर १५ मिनेटको हो । गुल्मीकै धुर्कोट गाउँपालिका–५ स्थित घरमै बसेकी १६ बर्षीय बहिनीमाथि अत्याचार भएको बताइएको छ ।दाजुको उमेर २८ बर्ष छ ।

बहिनीको गोपनियताका कारण हामीले उनको नाम यहाँ राखेका छैनौँ ।

पीडितले चैत्र १२ गते अगाडि पनि गलत मनसाय राख्ने गरेको बताएकी छिन् ।

आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

जै अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालयका प्रवत्ता प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीले बताए ।

रातोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय पुग्दा पीडित किशोरी कारुणीक अवस्थामा थिईन ।

तम्घासको एक वोर्डिङ्गको कक्षा ९ मा पढ्ने उनी केहि दिन अघि विरामी परेर घरमा गएकी थिईन् ।

किशोरीले पीडा सुनाइन्, ‘कल्पना भन्दा वाहिरको कुरा गर्यो मेरो माईलो दाजुले ।’

जिल्ला प्रहरी प्रमुख एसपी अनुरागकुमार द्धिवेदीले यस घटनाको उच्चारण गर्न पनि मन नलागेको बताए ।

जिल्ला अस्पतालका डा.सुरेन्द रायमाझी किशोरी दुई पटक बेहोस भएको र उनको शरिरमा दातले टोकोको चोट देखिएको बताए ।

बलात्कार भए नभएको थप जाँचका लागि काठमाडौं पठाएको उनले बताए । अस्पतालमा उनको प्रारम्भिक जाँच गरिएको थियो ।

उनले आफ्नो लामो प्रहरी सेवा अवधीमा यो  यस्तो लज्जित घटना पहिलो भएको बताउँछन् ।

-रातोपाटी

 

Facebook Comments Box

फेसबुक