२०८१ भाद्र, २९
||NEWS LUMBINI |

२ महिनाको अवधिमा २५ जना डेंगो फेला परे

लोकेश धामी

कैलाली, मंसिर ११ । कैलालीमा २ महिनाको अवधीमा २५ जना डेंगो रोगीका बिरामी फेला परेका छन् । २५ मध्ये आधा जति धनगढी उपमहानगरपालिका भित्रकै स्थानीय हुन् । डेंगोको महामारी नियन्त्रण गर्न केही दिन अघि जिल्ला जनस्वास्थ्य कार्यालयले अभियान शुरु गरेपनि अहिले रोकिँदा डेंगोको महामारी फैलिने खतार बढेको छ ।

जिल्लामा मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधिसभा चुनावका लागि कर्मचारीहरु परिचालन भएपछि अभियान रोकिएको हो । सबै कर्मचारी चुनावमा होमिएसंगै डेंगोको महामारी फैलिने खतरा बढेको स्वास्थ्यकर्मीको भनाई छ । हालसम्म डेंगोबाट विरामीको मृत्यु नभए पनि यसको संक्रमण भने व्यापक फैलिरहेको चिकित्सकहरु बताउँछन् ।

अहिले पनि हरेक दिन डेंगो रोगका विरामी अस्पतालको सम्पर्कमा पुगिरहेका छन् । डेंगो रोगको महामारी नै भइसकेकाले सबैलाई सचेत रहन स्वास्थ्यकर्मीले सल्लाह दिएका छन् । विशेषः कैलाली र कञ्चनपुरमा डेंगो रोगले महामारीको रुप लिइ रहेकाले सचेत रहन स्वास्थ्यकर्मीले सल्लाह दिएका हुन् । धनगढीको चटकपुर क्षेत्रका स्थानीय योे रोगबाट बढी प्रभावित भएको पाइएको छ । यस्तै बोराडाँडी, उत्तरबेहडी, मिलनचोक क्षेत्रमा पनि डेंगो रोगका विरामी देखिएको वरिष्ट फिजिसियन डा.शुभेष राज कायस्थले जानकारी दिए ।

पहाडी जिल्लामा भन्दा पनि तराईमा यसको महामारी फैलिने खतरा बढेको छ । डेंगोका विरामी निरन्तर फेला परिरहेकाले यसको नियन्त्रणका लागि स्थानीय तहले छिटो पहल गर्नु पर्ने स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । डेंगोको शंका लागेमा जतिसक्दो छिटो अस्पतालमा जानुपर्ने फिजिसियन डा. कायस्थले बताए ।

वैज्ञानिक मान्यताअनुसार एक जना गम्भीर डेंगु रोगी विरामीको आसपासमा करिब साढे ३ सय मानिसमा डेंगु संक्रमित विरामी हुन सक्छन् । लामखुट्टेको टोकाइबाट डेङ्गु लाग्ने गर्दछ । यो रोग लागेमा लगातार अत्यधिक ज्वरो आउने, शरिरका विभिन्न अङ्गमा रगत जम्ने, टाउ आँखाको पछाडिको भाग दुख्ने, पिसाबमा रगत देखापर्ने लगायतका लक्षण देखा पर्ने गर्दछन् । यो रोगबाट बच्न लामखुट्टेबाट जोगिन बस्ने ठाउ“को वरिपरी पानी जम्ने भाँडाकुडा नराख्ने, सम्भव भएसम्म पूरै जिउ छोप्ने कपडा लगाउने लगायतका उपाय अपनाउनुपर्छ ।

Facebook Comments Box

फेसबुक