२०८० असोज, ७
||NEWS LUMBINI |

३२ जिल्लामा अाज अन्तिम चुनावी सभा, देउवा कालिकोटमा, ओली बैतडी जाँदै

पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा आज अन्तिम चुनावी सभा हुने भएका छन्। हिमाली तथा पहाडी जिल्लामा हुने ती सभा सम्बोधन गर्न दलका शीर्ष नेताहरूलाई भ्याइनभ्याई छ।

चुनावी सभालाई सम्बोधन गर्न कांग्रेस सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवा कालिकोट पुगेका छन्। कालिकोटपछि देउवाले रोल्पा र रूकुममा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओली आज तीन जिल्लाका चुनावी सभामा सहभागी हुँदैछन्।

अहिले सुर्खेतमा रहेका ओली केहीबेरमा दैलेख हुँदै बैतडी पुग्ने कार्यक्रम छ। साँझ उनले डडेल्धुराको चुनावी सभालाई सम्बोधन गर्ने छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल भने आज कुनै चुनावी सभामा सहभागी हुने छैनन्।

आइतबार निधन भएका छोरा प्रकाशको सम्झनामा दाहाल निवास लाजिम्पाटमा आज हुने श्रद्धाञ्जली सभामा सहभागी भएर उनी आज काठमाडौंमै बस्ने छन्।

पहिलो चरणमा चुनाव हुने ३२ जिल्ला ३७ निर्वाचन क्षेत्रमा बिहीबार रातिदेखि मौन अवधि सुरू हुनेछ।

Facebook Comments Box

फेसबुक