बुटवल -सेवाग्राहीसँग लिएको ३६ लाख रुपैयाँ घुससहित भवन तथा शहरी विकास कार्यालय रुपन्देहीका प्रमुख इन्जिनियर सुरेश ठाकुर पक्राउ परेेका छन् ।
३६ लाख ७२ हजार ५ सय रुपैयाँ लिएर घर जाँदै गर्दा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयको टोलीले पक्राउ गरेको हो ।
आयोगको टोलीले ठाकुरलाई भैरहवाबाट पक्राउ गरेको अख्तियारका शाखा अधिकृत सुरेश भुसालले जानकारी दिए ।
-अनलाइन खबरबाट साभार गरिएको हो
Facebook Comments Box