धादिङ, मंसिर १० – धादिङको खनियाबास गाउँपालिका अन्तर्गत झार्लाङको बेन्दिदेवी मतदान केन्द्रलाई मतदान कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले आफ्नो कब्जामा लिएको छ । लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले वाम गठबन्धनका कार्यकर्तालाई मतदान केन्द्रमा जान नदिएपछि मतदान सुरु हुन सकेको छैन । मत दिन जान लागेका वाम गठबन्धनका मतदातालाई लोकतान्त्रिक गठबन्धनका कार्यकनर्ताले ढुंगामुढा गरेका छन् । ढुंगा लागेर वाम कार्यकर्ता अभिषेक तामाङ घाइते भएका स्थानीयबासिन्दाले जानकारी दिएका छन् ।
प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले वाम गठबन्धनका प्रतिनिधि जान नसकेपछि मतदान सुरु हुन नसकेको जानकारी दिनुभयो । अहिले त्यहाँ सशस्त्र प्रहरीको टोली पठाएर मतदान सुरु गर्ने तयारी भैरहेको पनि उहाँले बताउनुभयो ।
Facebook Comments Box