नेपाली कांग्रेसका केन्द्रिय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाणले नेपाललाइ कम्युनिष्ट शासन सत्ताको प्रयोगशाला बनाउन नदिने बताउनुभएको छ ।
नेपाललाई हिंसा, बन्द, झगडा र कम्युनिष्ठ शासन सत्ताको प्रयोगशाला नबनाई समृद्ध राष्ट्र बनाउने खांणको भनाइ छ ।
विश्वका १ सय ९५ राष्ट्र मध्ये चार देश उत्तरकोरिया, भियतनाम, लाओस र क्युवामा मात्र रहेको कम्युनिष्ट शासन भएका स्थानमा रोजगारीको लागि कुनै नेपाली नगएको दाबी गदै उहााले नेपालमा कम्युनिष्ट शासनको सपना नदेख्न वाम गठबन्धनलाई चेतावनी दिनु भयो।
संयुक्त लोकतान्त्रिक गठबन्धनद्धारा आयोजित रुपन्देहीको क्षेत्र नम्बर एक देवदह ढेकावर र ओमसतिया गाउंपालिकाको हाटी र्फसाटिकरमा विशाल चुनावी सभामा पुर्व रक्षामन्त्री समेत रहनु भएका खाणले लुम्बिनी अंचल र रुपन्देही जिल्लालाई विकासको नमुना केन्द्रको रुपमा विकास गर्ने बताउनु भयो ।
उहाँले पाच नम्बर प्रदेशलाई समृद्ध प्रदेशको रुपमा विकास गर्ने लक्ष्य रहेकोसमेत बताउनुभयो । उहाले सिंचाइको लागि कालीगण्डकी डाइभर्सन गरेर रुपन्देहीमा ल्याउने बृहत परियोजनाको शुरुवाद भएको बताउदै महामावन गौतम बुद्धको मावली स्थल देवदहलाई अन्र्तराष्ट्रिय स्तरकै केन्द्र बनाउने उल्लेख गर्नुभयो ।
कार्यक्रमलाई नेपाली कागें्रस रुपन्देहीका जिल्ला सभापति एवंम् क्षेत्र नं १ का प्रतिनिधि सभाका उम्मेद्धवार अब्दुल रज्जाकले जनताको हक अधिकारको फैसला नेपाली कांगे्रसले मात्र गर्ने भएकाले आफ्नो अधिकारको उपयोग गर्न नेपाली कांगे्रसलाई जिताउन आवश्यक रहेको बताउनु भयो ।
त्यसैगरी राप्रपा प्रजातान्त्रिकका क्षेत्र नं १ क का प्रदेश सभा उम्मेद्धवार ताहिर अलिले देशमा बामगठबन्धन काडा“को रुपमा उभिएकाले त्यसलाई समाप्त पार्न लोकतान्त्रिक गठबन्धन आवश्यक परेको बताउनु भयो । बामगठबनधनले तानाशाहीको खोल ओढेकाले जनता तानाशाही बन्ने की लोकतान्त्रिक पद्धतिमा जाने बेलैमा होस् पु¥याउन आग्रह समेत उहांले गर्नु भयो ।
प्रदेश सभा २ का उम्मेद्धवार हरि न्यौपानेले लोकतान्त्रिक संबिधान कार्यान्वयन तथा समग्र प्रदेशको विकासका लागि, स्थानिय स्तरमा तिलोत्तमा नगरपालिकामा रिङ्रोड निर्माण गर्न, रोहिणी गाउंपालिकामा सुविधासम्पन्न १०१ सैंया सहितको सामुदायिक अस्पताल निर्माण, तिलोत्तमा नगर स्तरीय अस्पताल, बनाउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा क्षेत्र नं एक क्षेत्रीय प्रचार–प्रसार संयोजक हिराबहादुर खत्रीले नेपाली कांगे्रस शान्तिप्रेमी भएको बताउदै कसैले भावनामाथी ठेस पु¥याउने काम ग¥यो भने चुप लागेर नबस्ने बताउनुभयो ।